दक्षिण अष्ट्रेलियाको डँढेलो नियन्त्रणमा आउने क्रममा, सप्ताहन्तमा पानी पर्ने सम्भावना


bush fireदक्षिण अष्ट्रेलियामा लागेको डँढेलो निभाउन खटिएका राहतकर्मीहरुले स्थिति नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका छन् । १२ हजार ५ सय हेक्टरमा फैलिएको आगो अब नियन्त्रणमा आउन लागेको छ । गत शुक्रबारदेखि डँढेलोका कारण कैयौं घरबारविहीन बनेका छन् भने १ सय जनालाई अस्पतलामा उपचार गर्नुपरेको थियो यस्तै १ सय २५ घरहरु ध्वस्त भएका थिए । एडिलेडमा ३८ डिग्रीभन्दा बढी तापक्रम हुने र हावा चल्ने पूर्वानुमान पछि थप उद्धारकर्मीलाई त्यहाा परिचालन गरिएको छ । यस साताको अन्त्यतिर तापक्रममा कमी आउने अनुमान भएको छ र पानी पर्ने सम्भावना पनि बढेपछि उद्धारकर्मीहरुले अब आगलागी नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका हुन् । साउथ अष्ट्रेलियन कन्ट्री फायर सर्भिस सीएफएसका अनुसार अहिले माउन्ट लोफ्टी क्षेत्रमा आगो बाँकी छ । यो एडिलेडबाहिर हो । यतिबेला ८५ प्रतिशत आगो निभाइसकिएको छ भने बाँकी पनि नियन्त्रणमै रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]