एनआरएन भवनका लागि युरोपका चार देशबाट जुट्यो करोडभन्दा बढी सहयोग


NRN-FINAL_20121012112018गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को काठमाडौमा बन्न लागेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि युरोपका ४ देशमा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरुले १ करोड ५ लाख रुपैयाँ सहयोग गरेका छन् । गतसाता गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले युरोप भ्रमणका क्रममा जर्मनी, बेल्जियम र स्वीटजरल्याण्डमा आयोजित कार्यक्रमहरुबाट यो रकम जुटेको हो। जर्मनीको फ्याङ्कर्फटमा आयोजित कार्यक्रममा सो क्षेत्रमा बसोबासगर्ने गैरआवासीय नेपालीहरुले ४६ लाख रुपैयाँ संकलन गरेका थिए। । यसैगरि बेल्जियममा आयोजित कार्यक्रममा ४३ लाख रुपैयाँ संकलन भएको हो। यस्तै नेदरल्याण्डका एनआरएन प्रतिनिधिहरुले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
यसैगरि स्वीटरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा ६ लाख रुपैयाँ संकलन भएको छ । एनआरएन अध्यक्षको यसपटकको युरोप भ्रमणका दौरान तीनवटा शहरमा आयोजितकार्यक्रमबाट कुल १ करोड ५ लाख रुपैयाँ भवन निर्माणका लागि सहयोग जुटेको हो। गैरआवासीय नेपाली संघले करिव १५ करोड रुपैयाँ लागतमा काठमाण्डौमा आफ्नै भवन निर्माण गर्ने योजना बनाएको छ । जसका लागि चलेको अभियानमा अष्ट्रेलिया, अमेरिका, हङकङ, चीन, थाइल्याण्ड लागयतका मुलुकले सक्रियता सहभागीता जनाइसकेका छन भने युरोपका चारवटा मुलुकले पनि अध्यक्षको समुपस्थीतिमा रकम संकलन कार्यक्रम गरेका हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]