जीवन रसाईलीले बनाए एकै वर्ष २५ म्युजिक भिडियो

तीन चलचित्रका निर्देशक समेत भइसकेका सर्जक जीवन रसाईलीले सन् २०१४ मा २५ वटा म्युजिक भिडियो बनाएर आपूmलाई व्यस्त राख्न सफल भएका छन् । अष्ट्रेलियाको मेलबर्नमा एकवर्षअघि आएका रसाईलीले यसबीचमा २५ वटा म्युजिक भिडियो बनाउने सफलता पाएका हुन् । स्यांग्जामा जन्मथलो भएका रसाईलीले नेपालीसहित हिन्दी, पन्जाबी, तमिल, भियतनामी गीतको समेत भिडियो बनाएका छन् । विदेशमा गएर आफ्नो पेशाबाट अलग हुनेको भीडमा उनी फरक बनेर उदाएका छन् ।