बोल्न नसक्ने युवतीलाई बलात्कार गर्ने पक्राउ !

काठमाडौँ । बोल्न नसक्ने (अपाङ्ग) युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटका ४३ वर्षीय सूर्य विश्वकर्मालाई २० वर्षीया अपाङ्ग युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । मंगलबार दिउँसो ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको हो ।

युवती एक्लै भएको मौका छोपी कोठामा पसेर जबरजस्ती गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । आरोपितमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।