कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्नेमाथि प्रहरीको हस्तक्षेप

काठमाडाैँ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै प्रदर्शन गर्नेमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

कुलमानको समर्थनमा विभिन्न स्थानमा प्रदर्शनहरू भइरहेका छन् । बुधबार बिहानैबाट काठमाडाैँ उपत्यकाका पनि उनको समर्थनमा जुलुस निकालिएको छ भने बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

उक्त प्रदर्शनमा सहभागीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।

२०७३ सालमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङको कार्यकाल भदाै ३० गतेबाट सकिएको छ । उनले आफ्नो कार्यावधिमा नेपालमा लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नै नियुक्त गरिनुपर्ने चाैतर्फी आवाज उठेपनि यसबारे सरकारले केही निर्णय गरेको छैन ।