बिल गेट्सका पिताको मृत्यु

एजेन्सी । बिल गेट्सका पिताको मृत्यु भएको छ । माइक्रोसफ्टका सह–संस्थापक गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको सोमबार बिहान मृत्यु भएको हो ।

बिल गेट्सले आफ्नो पिताको मृत्युबारे व्यक्तिगत भ्लगमा उल्लेख गरेका छन् । हेनरी द्वितीयको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा मृत्यु भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

बिल गेट्सले आफ्नो सामाजिक संस्ठा ‘बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन’को स्थापना गर्न हेनरीको उल्लेख्य योगदान रहेको उल्लेख गरेका छन् ।

हेनरी गेट्स सन् २००० मा स्थापना भएको उक्त फाउन्डेसनको उपप्रमुख रहेका थिए ।

हेनरीको मृत्युको कारण नबताइए पनि उनी अल्जाइमरको विरामी थिए। अमेरिकाको वासिङ्टनस्थित बेरमर्टनमा सन् १९२५ मा उनको जन्म भएको थियो ।