जापानको नयाँ प्रधानमन्त्रीमा याेशिहिदे सुगा निर्वाचित

एजेन्सी । याेशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

सुगा जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) बाट जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

केही दिनअघि नै जापानी प्रधानमन्त्रीको पद सरकारका पूर्वमुख्य सचिव याेशिहिदे सुगाले सम्हाल्ने पक्का भएको थियो भने बुधबार तल्लो सदनमा भएको चुनावबाट उनी निर्वाचित भएका हुन् ।

प्रधानमन्त्री सिन्जो अबेले गत महिना पदबाट राजिनामा दिएका थिए । स्वास्थ्यमा समस्या देखिएका कारण अबेले राजिनामा दिएका थिए ।

सुगालाई अबेका नजिकको सहयोगीको रूपमा लिइन्छ । सुगा प्रधानमन्त्री बनेसँगै अबेको नीतिले निरन्तरता पाउने अपेक्षा जापानीहरूले गरेका छन् ।