मृगाैला तस्करीमा संलग्न थप २ जना पक्राउ

ललितपुर । मृगाैला तस्करीमा संलग्न भएका २ जना पक्राउ परेका छन् । ललितपुर प्रहरीले मृगाैला तस्करीमा संलग्न भएको आरोपमा थप २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले दिएको जनाकारी अनुसार पक्राउ पर्नेमा पूर्णवीर जोशी र गीता जोशी रहेका छन् । मिर्गौला तस्करीमा उनीहरू नक्कली बुबाआमा बनेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् ।

एसएसपी राईका अनुसार उनीहरू घरमा लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।

उनीहरू २ जना सहित मृगाैला तस्करमा संलग्न भएको आरोपमा ११ जना पक्राउ पर्नेको संख्या ११ पुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team