गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि !


पोखरा । गण्डकी प्रदेशमा बुधबार बिहानै ५० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार कास्कीमा २९, गोरखामा १३, तनहुँमा ५ र बाग्लुङमा ३ गरी चार जिल्लामा ५० जना संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये कास्की जिल्ला, पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरी रहेका छन् । यस्तै वार्ड नं १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेका छन् । यो सँगे गण्डकी प्रदेशमा संक्रमितको संख्या ३१६६ पुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]