‘हरर मुभी’ भन्दा भयानक, गर्लफ्रेन्डको हत्यापछि मुटु काटेर खाए प्रेमीले !

जेफर्सनहील, ईन्डियाना ।

एक जना मानिसलाई आफ्नै गर्लफ्रेन्डको बलात्कारपछि हत्या तथा शवको दुरूपयोग गरेको अभियोग लागेको छ । उनलाई आफ्नै प्रेमीकाको विभत्स हत्या गरेको र शरीरका अंगहरु काटेर खाएको आरोप लागेको हो । उनी जब पक्राउ परे उनको बाथटबमा गर्लफ्रेन्डको शव थियो भने उनको टेबलमा रहेको प्लेटमा मुटु, फोक्सो तथा गिदीका टुक्राहरु थिए ।

कानुनी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले यो घटनालाई ’हरर मुभी’ भन्दा पनि डर लाग्दो भन्ने संज्ञा दिएका छन् ।
३९ वर्षीय जोसेफ अबर्हान्स्लेले जेफर्सनिभलस्थित इन्डियानमा छैठौँ एनिभरसरीमा गएकोबेला प्रेमीका ट्यामी जो ब्लान्टनको शरिर क्षतविक्षत पारेर उनको शव बाथटबमा राखेको भेटिएको छ ।

उनीमाथि अहिले इन्डियाना शहरबाट दक्षिणतर्फ रहेको लुइसभिल केन्टुकीमा हत्या, बलात्कार तथा शव चोरी सहित दुरूपयोगको अभियोग लगाइएको छ ।

ब्लान्टन र अबर्हान्स्ले पहिले प्रेम सम्बन्धमा थिए । तर, उनै अबर्हान्स्लेले प्रेमीकाको क्रुरता पूर्वक हत्या गरेका छन् । घटनाको अनुसन्धान तथा मुद्दामा सहभागी मध्ये एक जेरमी मुलले ब्लान्टनको घरमा देखिएका दृश्यहरू डरलाग्दा फिल्म भन्दा पनि भयानक देखिने बताएका छन् । उनले ब्लान्टनको मृत्यु हुनुभन्दा अघि नै अबर्हान्स्लेसँग ब्रेक अप भएको बताएका छन् ।

यो घटनाले मिडियामा ठूलो ठाउँ पाएसँगै मुद्दाका लागि इन्डियानाभन्दा ४ सय किलोमिटर दक्षिणपूर्वि क्षेत्रबाट न्यायाधीशलाई झिकाइएको छ ।

सन् २०१४ को सेप्टेम्बरमा ब्लान्टन अबर्हान्स्लेसँग चार महिना सम्बन्धमा बसेकी थिइन् । यो सम्बन्ध त्यतिबेला देखि नै अस्थिर रहेको बताइएको छ ।

अबर्हान्स्ले र ब्लान्टनको प्रेम सम्बन्ध केही असहज खालको रहेको पाइएको छ । ब्लान्टनका बुबाले पनि बर्हान्स्लेलाई ब्लान्टनले दोश्रो मौका दिने सोच बनाएको उल्लेख गरेका छन् । तर, ब्लान्टनका एक जना साथिले बताएअनुसार सम्बन्ध सुरू भएको चौथो हप्तामा नै नियन्त्रण बाहिर जाने खालको असहज परिस्थित आइसकेको थियो । अन्ततः उनीहरूको सम्बन्ध अन्त्य भयो ।

मुलका अनुसार ब्लान्टनको मृत्युभन्दा अगाडी ३२९ लोकस्ट स्ट्रिटमा रहेको घरमा अबर्हान्स्ले गएर ब्लान्टनमाथि बलात्कार गरेका थिए । त्यसपछि सोमबार अफिस जाँदा उनले केही कपडाहरू पनि साथमा लिएर गइन् । केही दिन साथीसँगै बसेकी उनको मन फेरियो ।

ब्लान्टनले सँधै डराएर बस्न नहुने निर्णय लिइन् । उनी लोकस्ट स्ट्रिटमा रहेको घरमा नै बस्न थालिन् । उनका बुबा ब्लान्टनको घरमा आएर लक फेरिदिए ।

केही दिन पश्चात् उनी अफिसमा देखिइनन् । उनीसँगै काम गर्नेहरूले पुलिसमा खबर गरेपछि सुरक्षा जाँच गर्न पुलिस उनको घर गए । पुलिसले ब्लान्टनको घरको ढोका ढकढक्याउँदा अबर्हान्स्ले बोले । ब्लान्टनको बारेका सोधपुछ गर्दा उनले छल्ने कोसिस गरे ।

जब पुलिस घर भित्र पसे, उनीहरूले डरलाग्दो अवस्था देखे । ब्लान्टनको क्षतविक्षत शरिर बाथरूममा क्याम्पिङ टेन्टले छोपेको अवस्थामा भेटियो ।

उनको मुटु, फोक्सो तथा मस्तिष्कका केही भाग प्लेटमा राखिएको थियो । प्रहरीले सोही प्लेटमा टाउकोको केही हड्डी तथा रगतहरू लतपतिएको भेट्टायो । पोस्टमार्टमपछि ब्लान्टनको शिर तथा गर्दनमा ठूलो चोट लागेर मृत्यु भएको पुष्टि भयो ।

तर, अबर्हान्स्लेले पुलिसलाई हतियारधारी दुइ जनाले ब्लान्टनको हत्या गरेको बताए पनि उनी नै अनुसन्धानका लागि पक्राउ परेका छन् । ब्लान्टनको बलात्कार तथा हत्यामा संलग्न भएका अबर्हान्स्लेलाई पहिले मानसिक रूपमा अस्वस्थ भएको बताइएको थियो । तर, उनी मानसिक रूपमा अस्वस्थ नभएको भन्दै निर्णय फिर्ता लिइयो ।

अफिसरहरू त्यो कहाली लाग्दो घटनासम्म पुग्नुमा २ जनाको महत्वपूर्ण अभिव्यक्ति रहेको पाइएको छ । ब्लान्टनसँगै काम गर्ने सब्रिना हलले ब्लान्टनको फोन कुनै पुरूषले उठाएपछि अबर्हान्स्ले नै भएको अनुमान लगाउँदै पुलिसलाई खबर गरेको बताएकी छन् । हलले नै छिटो अफिसरहरू गएर घटना पुष्टि गरून् भनेर प्रतिक्षा गरेको समेत बताएकी छन् ।

ब्लान्टनकै एक जना साथीले अमेरिकन मिडिया डब्लुडीआरबीसँग कुरा गर्दै उनी बहादुर र स्वाभीमानी व्यक्ति भएको उल्लेख गर्दै घटनाबाट आँफु दुखी भएको बताएका छन् । ब्लान्टनको पोस्टमार्टममा सहभागी एक जना डाक्टर सहित यो मुद्दाको बहस सुरु भएको छ । अपराधीलाई कुनै अपीलविनाको आजीवन काराबासको सजाय दिइनुपर्ने धेरैले माग गरेका छन् ।