काठमाडौंमा एकाविहानै ५ दशमलब ३ रेक्टर स्केलको भूकम्पको धक्का

नेपालमा आज विहान ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ । नेपालमा महाभूकम्प गएको पाँच वर्षपछि पनि सानातिना भूकम्पले तर्साउने क्रम जारी नै छ । यसैक्रममा बुधबार विहान नेपाली समय अनुसार विहान ५ बजेर १८ मिनेटको हाराहारीमा नेपालमा भूकम्प गएको हो । काठमाडौं उपत्यकामा धेरै महसूस गरिएपछि यो भूकम्पको केन्द्रविन्दु कोदारी आसपास भएको बताइएको छ । काठमाडौं लगायत आसपासका क्षेत्रमा यसलाई महसूस गरिएको सर्वसाधारणले बताएका छन् । लामो समयसम्म हल्लाएको उनीहरुले प्रतिक्रिया दिएका छन् ।