सिक्कामा पनि लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा !

काठमाडौँ । मन्त्रिपरिषद्को सोमवारको बैठकले राष्ट्र ब्याङ्कलाई लिम्पियाधुरासम्म समेटिएको नेपालको नयाँ नक्सा सहितको एक र दुई रुपैयाँको सिक्का छाप्न स्वीकृति दिएको छ । मंगलबार सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारको निर्णय सार्वजनिक गर्दै १ र २ रुपैयाँका नयाँ सिक्कामा नेपालको नयाँ नक्सा अंकित गरिने बताएका हुन् ।
यस्तै बैठकले हालै सिन्धुपाल्चोकमा गएको पहिरोका पीडितलाई पनि सहयोग उपलब्ध गराउने निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।