दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु !


फाइल फोटो

काठमाडौँ । दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ । मोटर जोडेर पानी तान्‍ने क्रममा करेन्ट लाग्दा मंगलबार घोराहीमा तीन बालबालिकाको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका–१० उत्तर अमराईका ८ वर्षीय प्रशान्त चौधरी, ४ वर्षीया रेणुका चौधरी र ३ वर्षीय अमृत चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए । मोटरको तार सर्ट भएर करेन्ट लागेको हुन सक्‍ने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]