अब एसीड पीडितको आजीवन उपचार खर्च सरकारले व्यहोर्ने !


काठमाडौँ । एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न कानुन ल्याउने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले कसुर सजायसम्बन्धी कानुन संशोधन गर्ने निर्णय गरेको छ । एसिड आक्रमणका पीडीतहरूको आजीवन खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

त्यसका लागि सरकारले काठमाडौं उपत्यकामा चार वटा डेडिकेटेड अस्पताल समेत तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णिहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पीडितको निःशुल्क उपचार र स्वास्थ्यसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको बताए ।

सरकारले स्वास्थ्य मन्त्रालयले संयोजन र सहजीकरण गर्ने गरी एसिड आक्रमणमा परेका पीडितहरूको उपचारका लागि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा तोकेको छ । पीडितको तत्काल सम्भव हुने अस्पतालमा उपचार गरेर थप उपचारका लागि प्राथिमकताका साथ रिफर गर्नुपर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए ।

यससँगै पीडितहरुको निःशुल्क शिक्षाको व्यवस्था गर्ने त्यसको जिम्मेवारी शिक्षा मन्त्रालयललाई दिने निर्णय गरेको छ । साथै, पीडितको क्षमता र सीप विकास,रोजगारी,अनुदान उपलब्ध गराउन पनि सम्बन्धित मन्त्रालयहरूलाई तोकिएको ज्ञवालीले जानकारी दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]