असोज १ गतेबाट लामो दुरीका सवारी साधन चल्ने


काठमाडाैँ । असोज १ गतेबाट लामो दुरीका सवारीसाधन चलाउन दिने निर्णय भएको छ । सरकारले असोज १ गतेबाट लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको हो ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको सरकारबा प्रवक्ता सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

लामो दुरीमा चल्ने सवारी साधनले पनि क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने ५० प्रतिशतसम्म बढी भाडा लिन पाइनेछ ।

सवारीमा एउटा लहरमा मात्र यात्रु बसाउन पाइने निर्णय भएको समेत बताइएको छ ।

कोरोना रोकथामका न्युनतम मापदण्ड अनुसार यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ । त्यस्तै, ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।

सवारी सञ्चालन सम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]