युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडाैँ । अर्थमन्त्रीको पदबाट राजिनामा दिएका डाक्टर युवराज खतिवडालाई केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार खतिवडाले मन्त्रीले पाउने सम्पूर्ण सेवा सुविधा पाउनेछन् ।

पूर्व अर्थमन्त्री खतिवडाले भदाै १९ गते मन्त्री पदबाट राजिनामा दिएका थिए । उनको कार्यकाल २० भदाैमा सकिने भएता पनि १९ गते नै प्रधानमन्त्री समक्ष राजिनामा दिएका थिए ।