उपत्यकामा बढ्दै कोरोना ग्राफ : एकैदिन ६७६ जना संक्रमित !


काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गैरहेको छ । पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आज फेरि नेपालमा कोरोना संक्रमितको ग्राफ बढेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]