सकियो एनआरएनको ओसेनिया क्षेत्रीय बैठक र ज्ञान सम्मेलनमा १५ वटा कार्यपत्र !

सिड्नी, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठक र ज्ञान सम्मेलन सम्पन्न भएको छ । अनलाईनको माध्यमबाट भएको बैठक र सम्मेलनमा १५ वटा कार्यपत्र प्रस्तुत भएका थिए । मुख्यतः जनस्वास्थ्य र कोरोना रोकथाममा नेपालमा गर्न सकिने प्रयासमा यी कार्यपत्रहरु केन्द्रित थिए । यस्तै नेपालको सम्बृद्धिका लागि के गर्न सकिन्छ भन्ने विषय पनि ज्ञान सम्मेलनका माध्यमबाट छलफल गरिएको ओसेनिया क्षेत्रीय संयोजक होम पाण्डेले जानकारी दिए ।

यस पटकको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, अष्ट्रेलियाकी संघीय सांसद मेलिसा मेकलन्टोस, न्यूजिल्याण्डको प्रतिनिधि सभाका मुख्य सचेतक माईकल उड, न्यूसाउथवेल्सकी विपक्षी नेतृ जोडी मेके, अष्ट्रेसलियाका लागि नेपाली राजदूत महेशराज दाहाल लगायत अतिथिको रुपमा सहभागी थिए । यस्तै विभिन्न राज्यका महावाणिज्यदूतहरुसहित एनआरएन अध्यक्ष कुमार पन्तसहित आईसीसी पदाधिकारीहरु, यो क्षेत्रका एनसीसी पदाधिकारीहरु कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा यो क्षेत्रका युवा र महिलाको उत्थान गर्नका लागि उनीहरुको छुट्टै सत्र पनि चलाइएको थियो । अमेरिकाज रिजनल मिटिंगमा महिला सहभागिताको विषयमा प्रश्न उठेपनि यस पटक भने आईसीसी महिला संयोजक भोमा लिम्बुदेखि, ओसेनिया संयोजक जानकी पौडेलसम्मको सक्रियता बैठकमा देखिएको थियो । उक्त अवसरमा एनआरएन अष्ट्रेलिया, न्यूजिल्याण्ड र पपुवान्यूगिनीले एनसीसीको कार्यप्रगति विवरण पेश गरेका थिए । जसमा महामारीको समयमा यहाँ गरिएका काम र यसबाट नेपालमा सिक्न सकिने आयाम मुख्य केन्द्रमा थियो । उनीहरुले गएको एक वर्षको आर्थिक विवरण पनि पेश गरेका थिए ।

ज्ञान सम्मेलनमा जनस्वास्थ्य र आर्थिक सम्बृद्धि विषयमा कार्यपत्रहरुमाथि छलफल भएको थियो । जसमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वसञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल, कृषि मन्त्रालयका सहसचिव डा. हरि केसी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भोजबहादुर शाह, डा. कमल अधिकारी, डा. कृष्ण हमाल, अरुणकुमार ठाकुर, डा. रामेश्वर अधिकारी, कविता कँडेल, सिम्रन सुवेदी, डा. कुश श्रेष्ठ, डा. डिल्ली बन्जाडे, बिमला खड्का, भरत नेपाल, द्रोण रसाईली लगायतले आफ्नो प्रस्तुति दिएका थिए । सम्मेलनबाट प्राप्त भएका सुझावहरुलाई समेटेर नेपाल सरकारलाई दिइने भएको छ ।

उद्घाटन सत्र र ज्ञान सम्मेलन दुई दिने कार्यक्रमको एमएनटीभी अष्ट्रेलियाले प्रत्यक्ष प्रशारण गरेको थियो ।

2nd Oceania Regional Meeting and knowledge Conference 2020: Day 1

2nd Oceania Regional Meeting and knowledge Conference 2020: Day 1

Posted by My Nepal TV (MNTV)- Australia on Saturday, 12 September 2020
2nd Oceania Regional Meeting and knowledge Conference 2020: Day 1

2nd Oceania Regional Meeting and knowledge Conference 2020: Day 1

Posted by My Nepal TV (MNTV)- Australia on Friday, 11 September 2020