देशभर थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि !


काठमाडौँ । नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको दर बढ्दै गैरहेको छ । मंगलबार भने एकै दिन सबैभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । प्रवक्ता गौतमका अनुसार १५ हजार ७७९ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै होम आइसोलेसनमा ७ हजार ६४० रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १४९ जना रहेका छन् । क्वारेन्टाइनमा सात हजार २५० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ६२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ५०२ पुगेको छ । मन्त्रालयका अनुसार १७४ जनाको आइसीयूमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोनाले २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]