सीआईबीका २६ जना प्रहरीलाई कोरोना संक्रमण !

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का २६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा सीआईबीका एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
ब्युरोमा कार्यरत २६ प्रहरीमा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण सुरु गरिएको सीआईबीले जनाएको छ । सीआईबीका एक अधिकारीका अनुसार संक्रमण देखिएपछि बाहिरी भेटघाटमा रोक लगाइएको छ ।
सीआईबी अपराध अनुसन्धान गर्ने प्रहरीको महत्त्वपूर्ण युनिट हो । २६ जनामा संक्रमण देखिएपछि अरुको समेत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिन थालिएको छ । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा पठाइएको छ ।