गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु !

पोखरा । गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका दुईमध्ये एक जनाको पोखरास्थित मणिपाल अस्पताल र अर्का एक जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनी, काठमाडौँमा मृत्यु भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका–७० वर्षीय पुरुषको सोमबार राति ११ बजेर २० मिनेटमा मणिपाल अस्पतालमा मृत्यु भएको हो । उनी यही भदौ २५ गते अस्पताल भर्ना भएका थिए भने २८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी क्यान्सरको बिरामी समेत रहेको बताइएको छ ।
त्यस्तै सोमबार गोरखाको बारपाक सुलिकोट–८ कि ६३ वर्षीया महिलाको वीरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा निधन प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान जानकारी दिएको छ । ती महिलामा भदौ २५ गते कोरोना पुष्टि भएको थियो । उनी क्यान्सर रोगी समेत रहेकी थिइन् । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।