बम बिस्फोट हुँदा पाँच अफगान सैनिकको मृत्यु


एजेन्सी । अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा एक बम हमलाको घटनामा पाँचजना अफगान सेनाको ज्यान गएको छ।

पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा हिजो अपरान्ह सडक किनारमा राखिएको बम विस्फोट गराइएको हो।

प्राप्त समाचारअनुसार उक्त जिल्लाको एक राजमार्गमा लुकाएर राखिएको बम सेनाको सवारी नजिक पुगेपछि विस्फोट भएको थियो। त्यस विस्फोटमा परी सुरक्षा गस्तीमा हिँडेको अफगान सेनाको सवारीमा रहेका पाँचजना सैनिकको ज्यान गएको र अरु केही घाइते भएका समाचारमा जनाइएको छ ।

त्यहाँ सर्वसाधारणलाई लक्षित गरेर बम राखिएको बताइएको छ। गएको बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुँदा बाटो हिँडीरहेका चार सर्वसाधारण नागरिकको ज्यान गएको थियो।

अफगानिस्तानको टोलो न्यूजका अनुसार तालिबानहरूले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरूले नै राखेको अनुमान गरिएको छ।

यद्यपी घटनाबारे तालिबानका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। हाल तालिबान र अफगान सरकारबीच कतारको दोहामा वार्ता जारी छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]