परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाए सरकारको प्रवक्ताको जिम्मेवारी


काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार परराष्ट्र मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्रीको नीजि सचिवालयले बताए अनुसार अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीले पाएका हुन् ।

अर्थमन्त्री युवराज खतिवडाले सम्हाल्दै आएको प्रवक्ताको जिम्मेवारी भदाै २० गतेबाट रिक्त रहेको थियो । अर्थमन्त्री खतिवडाको कार्यकाल सकिएसँगै उनले २० गते राजिनामा दिएपछि सो पद खालि थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]