अनलाइन समाचारमा नेकपाका नेताविरुद्ध भ्रम फैलाए कारबाही !


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सूचना–सञ्चारमा कडाइ गरेको छ । पाटीका नेताविरुद्ध अनलाइन समाचारमा भ्रम फैलाए कडा कारबाही गर्ने भएको हो । अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्न निर्देशन दिएको छ ।

अन्तरपार्टी निर्देशनमार्फत् पाँचौं स्थायी कमिटी बैठकको निर्णय जारी गर्दै अध्यक्ष ओली–प्रचण्डले सञ्चारमाध्यमहरूमा पार्टी हीतविपरितका अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउन निर्देशन दिएका हुन् ।

“वेभसाइट तथा अन्य डिजिटल प्लेटफर्महरूमा देखापरेका पार्टीका नेता तथा कार्यकर्ताहरूको अराजक तथा अनुशासनहीन कार्यलाई नियन्त्रण गर्ने,” ओली–प्रचण्डले हस्ताक्षर गरेको निर्देशनको बुँदा नम्बर ५ (३)मा भनिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]