क्रिकेट खेलाडीले अब मासिक तलब पाउने, वर्गीकरण अनुसार एका खेलाडीले ३५ हजार पाउने, डी वर्गकाले ५ हजार


cricketनेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीलाई चार समूहमा वर्गीकरण गर्दै मासिक तलब दिने भएको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार समूहमा खेलाडीलाई वर्गीकरण गरी एक वर्षसम्मका लागि मासिक तलब दिने निर्णय गरेको क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले जानकारी दिनुभयो । उहाँले समूह ‘ए’ मा पर्ने खेलाडीले रु ३५ हजार, ‘बी’ मा रु २५ हजार, ‘सी’ मा रु १५ हजार र ‘डी’ समूह पर्ने खेलाडीलाई रु पाँच हजार दिने निर्णय भएको बताउनुभयो । महासचिव कर्मचार्यले नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको मद्धतमा खेलाडीलाई विभिन्न समूहमा वर्गीकरण गरेको बताउँदै समूह ‘डी’ मा पर्ने खेलाडीको नामावली भने निश्चित भइनसकेको उल्लेख गर्नु भयो । नेपाली टोलीका १८ जना खेलाडी भने वर्गीकरणमा परिसकेका छन् । समूह ‘ए’ मा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, सुवास खकुरेल, शक्ति गौचन र शरद भेषवाकर रहेका छन् । त्यस्तै समूह ‘बी’ मा सागर पुनः, सोमपाल कामी, विनोद भण्डारी, नरेश बुढाऐर, अमृत भट्टराई, मेहबुब आलम र भुवन कार्की छन् भने समूह ‘सी’ मा अरिफ शेख, जितेन्द्र मुखिया, राहुल विश्वकर्मा, प्रदिप ऐरी र अनिल मण्डल छन् । यसैगरी राजेश पुलामी, पृथु बाँस्कोटा, करण केसी र रामनरेश गिरी भने समूह ‘डी’ मा पर्न सक्ने सम्भावना रहेको क्यानले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]