वीरगन्जमा छुरा प्रहार गरी छोराको हत्या !


काठमाडौँ । वीरगन्जमा बुवाले छुरा प्रहार गरी छोराको हत्या गरेका छन् । पर्साको पोखरिया नगरपालिका –६ श्रीरिसियामा बुवाको छुरा प्रहारबाट छोराको मृत्यु भएको हो ।

श्रीरिसिया निवासी ७० वर्षीय लक्ष्मी साहले आफनै छोरा ३५ वर्षीय माधो साहलाई सोमवार साँझ ७ बजे छुरा प्रहार गरी घाइते बनाएका थिए । उपचारको लागि वीरगंज ल्याउँदै गर्दा बाटोमा नै छोराको मृत्यु भएको ईलाका प्रहरी कार्यलय पोखरियाले जनाएको छ ।

छुरा प्रहार गर्ने बुवा लक्ष्मी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुवा र छोराबीच सोमवार दिउँसो विवाद भएको स्थानीयले बताएका छन् । लक्ष्मी साहलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]