असोज ५ गतेदेखि हवाई उडान र लामो दूरीको यातायात सञ्चालन हुने !


काठमाडौँ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]