वामदेव गौतमको नाम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस !


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले जानकारी दिए ।

राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो ।

गौतमलाई अब राष्ट्रपति राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नेछिन् । गौतमलाई गत फागुन १४ गते राष्ट्रियसभामा पठाउने भनेर नेकपा सचिवालय बैठकले निर्णय गरेको थियो । १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले त्यही निर्णय कार्यान्वयन गर्ने सोच बनाएको जानकारी गराएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]