रुपन्देहीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु !


रुपेन्देही । रुपन्देहीमा सोमबार थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ज्वरो क्लिनिकमा उपचाररत् सिद्धार्थनगर नगरपालिका ५ की ६४ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पालका सूचना अधिकारी डा. विष्णु गौतमले सोमबार बिहान अस्पतालमा भर्ना भएकी उनको आज दिउँसो साढे २ बजे मृत्यु भएको जानकारी दिए । सिकिस्त अवस्थामा अस्पताल आएकी उनको जिन एक्सपर्ट मेसिनमार्फत् पिसिआर परीक्षणसँग उपचार सुरू गरिएको थियो । उच्च ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर आएकी उनको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा.गौतमले जानकारी दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]