प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु !


काठमाडौँ । मन्त्रिपरिषद् बैठक शुरु भएको छ । साँझ ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि मात्रै शुरु भएको हो । आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको कारण यो नियमित बैठक हो । तर आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने बताईएको छ ।

बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख तथा सदस्य र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ ।

दुई दिनअघि कुलमान घिसिङको कार्यकाल पूरा भएपछि प्राधिकरणको कार्यकारी निर्देशक पद खाली भएको छ । कुलमानलाई पुन प्राधिकरणको नेतृत्व दिन आमसर्वसाधारणले सरकारलाई चौतर्फी दवाव दिँदै आएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]