सोमबार ११७० जना कोरोना संक्रमित थपिए !


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८७९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ ।

सोमबारसम्म ६ हजार ८९२ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १५ हजार ३९३ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ८७८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ८ लाख ५१ हजार ४०५ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ । थप १५ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६० पुगेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]