कोरोनाका कारण अहिलेसम्म कै धेरै १५ जनाको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

काठमाडाैँ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ । सोमबार नेपालमा थप १५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको हो ।
स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ ।
आइतबार नेपालमा ९ जनाको कोरोना भाइरसबाट मृत्यु भएको थियो । तर, सोमबार नेपालमा कोरोनाका कारण अहिलेसम्म कै धेरैको मृत्यु हो ।
पछिल्लो २४ घण्टामा ११ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् ।