डाक्टर गोविन्द केसीले सुरू गरे १९ औं अनशन


जुम्ला । डाक्टर गोविन्द केसीले १९ औं अनशन सुरू गरेका छन् । गरीब तथा विपन्नहरूको उपचार गर्ने उद्देश्यका साथ जुम्लामा रहेका केसीले जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनशन सुरू गरेका हुन् ।

डाक्टर केसीले बताए अनुसार उनलाई त्यहाँ हिँडडुल गर्न तथा पचार गर्न जान समेत बारम्बार अवरोध भइरहेको थियो । सोही कारण उनले जानकारी नदिइकन अनशन सुरू गरेका हुन् ।

योभन्दा अघि नै केसी अनशनमा बस्ने भनेका थिए । तर, कोरोना भाइरसका कारण सरकार कठीन अवस्थामा रहेको भन्दै उनले अनशन स्थगित गरे ।

यसपटकको अनशनमा उनले ६ वटा माग राखेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएसलगायतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने,मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरू गर्नुपर्ने लगायतका ६ वटा मागसहित उनी अनसनमा बसेका हुन् ।

त्यस्तै २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग समेत केसीले राखेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]