कालोसूचीमा पर्यो ओम्नी ग्रुप

काठमाडाैँ । ओम्नी बिजनेस कर्पोरेशन इन्टरनेसनल कालो सुचीमा परेको छ । कोरोना रोकथामका लागि सामग्री खरिद गर्दा घोटला गरेको आरोप लागेको अनियमितमा संलग्न भएको आरोप लागेको ओम्नीलाई सरकारले कालो सूचीमा राखेको हो ।
सार्वजनिक खरीद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै ओम्नीलाई सरकारले कालो सूचीमा राखेको स्पष्ट पारेको छ । सुचना अनुसार ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।
ओम्नीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री कबुल गरेबमोजिम समयमा ल्याउन नसकेपछि स्वास्थ्य सेवा विभागले ठेक्का रद्द गरेको थियो ।
चैत १९ गते १९ गते ओम्नीसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द भएको थियो । त्यसपछि स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर, सेनाले बजार मुल्यभन्दा महंगो रकममा स्वास्थ्य सामग्री खरीद गरेको भन्दै सरकारको उक्त निर्णय पनि विवादमा परेको थियो ।