याेशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने

एजेन्सी । जापानी प्रधानमन्त्रीको पद सरकारका मुख्य सचिव याेशिहिदे सुगाले सम्हाल्ने पक्का भएको छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले नयाँ नेता चुनेसँगै अहिलेका सरकारका मुख्य सचिव सुगा नयाँ प्रधानमन्त्री बन्ने भएका हुन् ।
प्रधानमन्त्री सिन्जो अबेले गत महिना पदबाट राजिनामा दिएका थिए । स्वास्थ्यमा समस्या देखिएका कारण अबेले राजिनामा दिएका थिए ।
सुगालाई अबेका नजिकको सहयोगीको रूपमा लिइन्छ । सुगा प्रधानमन्त्री बनेसँगै अबेको नीतिले निरन्तरता पाउने अपेक्षा जापानीहरूले गरेका छन् ।
जापानको संसद्मा बुधबार पुनः प्रधानमन्त्री पदको लागि मतदान हुँदैछ ।
सो मतदानबाट चुनिएपछि सुगाले जापानी प्रधानमन्त्रीको रूपमा २०२१ को सेप्टेम्बरमा हुने चुनावसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।