नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण


File photo of Vijaya Lama, Photo: facebook/Vijaya

काठमाडाैँ । क्याप्टेन विजय लामालाई कोरोना संक्रमण संक्रमण भएको छ । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको हो ।

उनले स्टार अस्पतालमा स्वाब परीक्षण गराएका थिए । सो अस्पतालमा गरिएको परीक्षणमा लामालाई कोरोना देखिएको हो ।

कोरोना संक्रमण देखिएसँगै उनी सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । उनले बताए अनुसार सोमबार उनको स्वाब रिपोर्ट आएसँगै उनी आइसोलेसनमा बसेका हुन् ।

क्याप्टेन लामासँगै बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू दुबै जना तीन दिन अघि शान्ति मिसनमा जाने नेपाली सेनाको टोली लिएर दक्षिण सुडान गएका थिए ।

कोरोना संक्रमण भएसँगै लामा र कोल्हात्कर सोल्टी होटलको आइसोलेसनमा बसेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]