नेपाल रेल्वे कम्पनीमा कर्मचारी माग

काठमाडाैँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले कर्मचारी पदपुर्ति गर्ने भएको छ । कम्पनीले सोमबार सुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले काम गर्न इच्छुक तथा उमेर पुगेकाहरूबाट सुचना प्रकाशन भएको १५ दिनभित्र विवरण पेश गर्न सुचित गरेको छ । विवरण कम्पनीको वेभसाइट www.nepalrailway.org मा गएर बुझाउन सकिनेछ ।
कम्पनीले शाखा अधिकृत, स्टेसन मास्टर, सब-इन्जिनियर, कम्प्युटर अपरेटर, क्यासियर, टिकट बिक्रेता, टिकट कलेक्टर, फोरम्यान, अमिन, टीटीई, हेल्परलगायत पदमा करारमा कर्मचारी नियुक्त गर्ने भएको हो ।
rail-way-22