निर्धारित मितिमा संविधान जसरी पनि ल्याउनुपर्ने रामचन्द्र पौडेलको निष्कर्श, समय खेर फाल्नु बेकार


???????????????????????????????????????नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रक्रियामा गएर पनि निर्धारित माघ ८ मा संविधान ल्याउनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ को आयोजनामा जोरपाटीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले सर्वसम्मति कहीँ पनि हुन नसक्ने भएका कारण सहमतिका नाममा समय खेर नफाली नेपाली जनताको चाहनाअनुरूप संविधान जारी गर्नुपर्ने उल्लेख गर्नु भयो । लोकतान्त्रिक शासन व्यवस्थामा जनता नै सर्वोपरी हुने उल्लेख गर्दै उहाँले जनताको सर्वोच्चताका लागि शासकीय स्वरूप संसद्को नियन्त्रणमा हुनुपर्ने धारणा राख्नुभयो । नेपाली जनताले गरेका सङ्घर्षको उपलब्धिलाई संस्थागत गर्नका लागि संविधान अपरिहार्य भएको चर्चा गर्दै उहाँले एनेकपा (माओवादी) लगायतका दलहरू संविधान निर्माणका लागि विभिन्न बखेडा झिकिरहेको आरोप लगाउनुभयो । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् सभासद् अम्बिका बस्नेतले देशलाई सङ्क्रमणबाट मुक्त गर्दै समृद्धिको मार्गमा उन्मुख गराउन संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभयो । सभासद् रेशम बानियाँ, नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति चक्रबहादुर ठकुरीलगायतले निर्धारित समयमा संविधान जारी गर्ने पूर्ववत् प्रतिबद्धतालाई कोही कसैले बिर्सन नहुने बताउनुभयो । नेपाली काँग्रेसका अगुवा कार्यकर्ता सहभागी प्रशिक्षणमा नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक विनोदकुमार भट्टराई र अधिवक्ता शेरबहादुर केसीले प्रशिक्षण दिनु भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]