सुनको मुल्यमा सामान्य वृद्धि

काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सोमबार सुन तोलाको ९६ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार नेपाली बजारमा सुन तोलाको ९६ हजार ८०० मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ५ रूपैँयाले घटेर १३ सय २० रुपैयाँ कायम भएको छ ।