दलहरुबीच विश्वासको वातावरण बढ्दो, माघ ८ मै संविधान जारी हुने खनालको दाबी


GL- Ilam- CPN UML  Leader Jhalanath Khanal-Inagurationनेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलबीच सहमतिमै माघ ८ गते संविधान जारी हुने बताउनुभएको छ । सूर्याेदय नगरपालिकास्थित फिक्कलमा कार्यकर्तासँगको भेटघाटमा नेता खनालले राजनीतिक दलबीच बढ्दै गइरहेको विश्वासको वातावरणले तोकिएको समयमा नै संविधान जारी गरिने बताउनुभयो । “सहमतिका लागि हदैसम्मको लचकता अपनाइरहेकाले सहमति हुन्छ र माघ ८ मै संविधान जारी हुन्छ”, खनालले भन्नुभयो, “यदि अन्तिम समयमा पनि सहमति हुन सकेन भने लोकतान्त्रिक विधि र प्रक्रियाबाट भए पनि संविधान जारी गरिन्छ ।” अहिलेसम्म सहमति नभएकाले संविधान जारी कसरी हुन्छ भन्ने कार्यकर्ताको जिज्ञासामा नेता खनालले भन्नुभयो– “संविधानका धेरै विषयमा सहमति भइसकेको छ, बाँकी केहीमा मात्र असहमति भएकाले असहमतिका बुँदालाई शीर्ष नेतृत्वमा छलफल गरी निकास निकालिन्छ ।” अधिकतम लोकतान्त्रिक विधि र पद्धति भनेको संविधानमा भएका राजनीतिक दलको दुई तिहाइ बहुमतबाट पनि संविधान जारी गर्न सकिने बताउनुभयो । त्यसो गर्नुभन्दा सबैलाई संविधान मेरो हो भन्ने भावनाको विकास गराउन सहमति र सहकार्यबाट अघि बढिरहेको उहाँले बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र पनि आउनुभएका उहाँले कार्यकर्ताले राखेका विकास निर्माणका कुराप्रति आफूले पार्टी र सरकारमा समेत पहल गर्ने बताउनुभयो । यसैगरी, वरिष्ठ नेता खनालले इलाम नगरपालिकामा निर्माणाधीन सुकिलुम्बा विमानस्थलको स्थलगत अनुगमन तथा निरीक्षण पनि गर्नुभएको छ । इलाममा पूर्वाञ्चलस्तरीय बुद्धिजीवि परिषद्को भेलाको प्रशिक्षण गर्न आउने क्रममा विमानस्थल पुग्नुभएका खनालले निर्माणाधीन विमानस्थलको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा खनालले निर्माणाधीन विमानस्थलको ढलमा जम्ने पानीले बस्तीमा पु¥याएको समस्यालाई तत्काल आफूले समधान गर्ने बताउनुभएको छ । निर्माणाधीन विमानस्थल आसपासका बस्तीमा वर्षाको समयमा पानी जमेर पहिरो जाने स्थितिमा पुगेको भएको भन्दै स्थानीयवासीले गुनासो पोख्ने गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]