काठमाडौं महानगरका मेयर शाक्य कोरोनामुक्त !


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना मुक्त भएका छन् । पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको निजी सचिवालय स्रोतले जनाएको छ ।

अब केही दिन निवासमै आरामपछि उनी नियमित काममा फर्किने उनको सचिवालयले जनाएको छ । भदौ १५ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टिपछि होम आइसोलेसनमा बसेका उनी १३ औं दिनमा निको भएका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]