एकैदिन काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिए !


काठमाडौँ । पछिल्लो २४ घन्टायता काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन् । यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ । दकाठमाडौंमा ९ हजार ५ सय ८६ ललितपुरमा १ हजार १ सय २ र भक्तपुरमा ९८८ संक्रमित पुगेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]