कोरोनाका कारण थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो


काठमाडाैँ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ । आइतबार नेपालमा थप ९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

आइतबार काठमाडाैँमा एक जना महिलासहित ६ जना तथा मोरङ, कास्की र सिन्धुपाल्चोकमा एक-एक जनाको मृत्यु भएको छ ।

शनिबार नेपालमा १४ जनाको कोरोना भाइरसबाट मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]