स्थानीयद्वारा कार्यालमै गएर प्रहरीमाथि कुटपिट


कञ्चनपुर । कार्यालयमै गएर स्थानीयहरूले प्रहरीमाथि कुटपिट गरेका छन् । स्थानीयहरूले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको कार्यालयमै आएर प्रहरीमाथि कुटपिट गरेका हुन् ।

उनीहरूले इन्स्पेक्टर वकिल सिंहसहितका कर्मचारीमाथि कुटपिट गरेका छन् ।

प्रहरीले चाैतारोमा तास खेलिरहेका ६/७ जनालाई पक्राउ गरेको थियो । प्रहरीले बताए अनुसार सोही विषयलाई लिएर कुटपिट भएको हो ।

कुटपिटबाट केही प्रहरी सामान्य घाइते भएका छन् भने केहीको बर्दी च्यातिएको बताइएको छ । यस घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]