सिन्धुपाल्चोक पहिरो अपडेटः ९ जनाको शव भेटियो, २२ अझै बेपत्ता !


काठमाडौं । सिन्धुपाल्चोक, बाह्रबिसे पहिरोमा बेपत्तामध्य ९ जनाको शव फेला परेको छ । पहिरोमा परी २२ जना अझै बेपत्ता रहेको स्थानीय बासिन्दाले बताएका छन् । पहिरोले २२ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको र १८० घरधुरी जोखिममा देखिएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीय र इलाकाबाट खटिएका प्रहरीसमेतले खोजीलाई तीव्र बनाएका छन् । तर पहिरोले बगाएको हुनाले बेपत्ताहरू खोज्‍न कठिनाइ भइरहेको उद्धारमा खटिएको प्रहरीले जनाएका छन् । गएराति ३ बजे आसपासबाट सुरु भएको पहिरोले बढी क्षति भिरखर्क र नागपुजेमा पुर्‍याएको छ ।

यो पनि…

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]