चीनले छोडिदियो कब्जामा रहेका पाँच जना भारतीय नागरिक


एजेन्सी । चीनले कब्जामा लिएका पाँच जना भारतीय नागरिकलाई मुक्त गरेको छ । भारत–चीन सीमा विवाद बढिरहेका बेला चीनले कब्जामा लिएको उनीहरूलाई मुक्त गरिदिएको हो ।

ती पाँच जनाले सीमा रेखा पार गरेर गएपछि चीनले नियन्त्रणमा लिएको बताइएको थियो ।

भारतीय रक्षा मन्त्रालयले पनि बेपत्ता उनीहरू सम्पर्कमा आएको उल्लेख गरेको छ । रक्षा मन्त्रालयका अनुसार उनीहरू यो महिनाको सुरूदेखि नै सम्पर्क विहीन भएका थिए ।

त्यस्तै भारतीय सेनाका प्रवक्ताले विज्ञप्ती जारी उनीहरू शिकार गर्दै गर्दा थाहा नपाइकल सीमापारी पुगेको जानकारी दिएका छन् । तर, चीनले भारतको यो दाबीबारे केही बोलेको छैन ।

तथापी, चीनको एउटा म्याग्जिनले उनीहरू जासुसी भएको र शिकारीको भेषमा चीन प्रवेश गरेको दाबी गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]