चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु !

चितवन । चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–५ टाइगरचोक बस्ने ८५ वर्षीया महिलाको आइतबार बिहान ६ बजे मृत्यु भएको हो । चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार क्यान्सर रोगीसमेत रहेकी ती महिलाको स्वास्थ्य पछिल्लो समय जटिल हुँदै गएको थियो ।
११ गते स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा १५ गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेकी उनको आज बिहान निधन भएको तिवारीले बताए । । यससँगै कोरोनाका कारण चितवनमा २८ जनाको निधन भएको छ ।