जिल्ला प्रहरी कार्यालय अगाडी हवल्दारमाथि चक्कु प्रहार

दाङ । दाङमा एक जना प्रहरी हवल्दामाथि चक्कु प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय दाङ अगाडि प्रहरी हवल्दार खडक खत्रीमाथि चक्कु प्रहार भएको हो ।
हवल्दारलाई होटल साहुनीले चक्कु प्रहार गरेको पाइएको छ । गएराति प्रहरी कार्यालय होटलमा प्रहरी हवल्दार ४० वर्षीय खत्री र होटल साहुनीबीच विवाद भएको थियो ।
सोही विवादका क्रममा साहनीले चक्कु प्रहार गर्दा प्रहरी हवल्दार घाइते भएका छन् भने चक्कु प्रहार गर्ने साहुनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ ।