अक्सफोर्डले पुनः सुरु गर्यो कोरोना भ्याक्सिनको परीक्षण !

काठमाडौँ । विश्वप्रसिद्ध बेलायतको अक्सफोर्ड विश्वविद्यालयले अनुसन्धान गरिरहेको कोरोना भाइरसको कोरोना भाइरसविरुद्धको खोपको पुनः क्लिनिकल परीक्षण शुरु गरिएको छ । तेस्रो चरणको परीक्षण चलिरहेका बेला सुरक्षा चिन्ता देखिएपछि परीक्षण रोकिएको थियो ।
विकासको क्रममै रहेको सो भ्याक्सिन बिरामीहरुमा परीक्षण गर्दा एकजना व्यक्ति बिरामी परेपछि परीक्षण रोकिएको थियो । ब्रिटेनस्थित बायोफर्मा कम्पनी एस्ट्राजेनेकाले सो परीक्षण्ढा फेरि शुरु भएको जनाएको ।
सो कम्पनीले विज्ञप्ति जारी गर्दै अक्सफोर्ड विश्वविद्यालयले विकसित गरिरहेको खोपको परीक्ष शुरु गरिएको जनाएको हो । उसले सो खोपमा कुनै सुरक्षा समस्या नदेखिएकोसमेत पुष्टि भएको जनाएको छ । यसैबीच बेलायतका स्वास्थ्य तथा सामाजिक सेवा सचिव म्याट ह्यानककले अक्सफोर्डको भ्याक्सिन परीक्षण पुनः सुरु भएको सुखद खबर भनी सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् ।
यो भ्याक्सिनको तेस्रो चरणको परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका ३० हजार मानिसलाई सहभागी गराइएको थियो । विश्वभर हाल यसका ११ वटा खोपहरुको परीक्षण चलिरहेको छ । विश्व स्वास्थ्य संगठनले आगामी वर्षको मध्यसम्म खोप बजारमा आउन सक्ने विश्वा व्यक्त गरेको छ ।