गण्डकी प्रदेशमा १६ जना नेपाली सेनालाई कोरोना संक्रमण !


काठमाडौँ । गण्डकी प्रदेशमा १६ जना नेपाली सेनासहित ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज (आइतबार) थपिएसँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या २ हजार ९३५ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा सङ्क्रमणको पुष्टि भएको हो । लमजुङको सुन्दरबजार–९ का १६ जना पुरुषहरु नेपाली सेनामा कार्यरत हुन् ।

थपिएकाहरूमा स्याङ्जाको बिरुवा गाउँपालिकाका २ जना, पुतलीबजार नगरपालिकाका २ जना, कास्कीको पोखरा महानगरपालिकाका २ जना, लमजुङको सुन्दरबजार नगरपालिकाका १६ जना, बेसीसहर नगरपालिकाका १ जना, तनहुँको भानु नगरपालिकाका १ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका ६ जना, मध्यबिन्दु नगरपालिकाका १ जना र हुप्सेकोट गाउँपालिकाका १ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१६ की २० वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत कर्मचारी हुन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का ७६ वर्षीय पुरुष र पोखरा महानगरपालिका–९ का ७० वर्षीय पुरुषको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]